Latest Post

गजलका थुँगाहरु भाग–३


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा" 
गजलका थुँगाहरु श्रृंखला - 3
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-05)
नमस्कार साथीहरु, आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
Downlode Here




आउ बुद्ध...

नेपाली पोशाक लगाएर आउ बुद्ध
अशान्ती खाडल बगाएर आउ बुद्ध

रगतले मुछिदा तिम्रा पाईला आज
दलाली नेताहरु भगाएर आउ बुद्ध

संसारनै पछि लाग्ने तिम्रो मार्गवाट
शान्तीको बिगुल जगाएर आउ बुद्ध

अखण्ड हाम्रो देश नेपालको लागि
अधुरा कामहरु सगाएर आउ बुद्ध

मैले आफ्नो सम्झँएथे


मैले आफ्नो सम्झँएथे टाढिएर गयौ
बाध्न खोजेँ एकठाउँ बाँडिएर गयौ
सबै थोक सुम्पिएर पिरतीमा मैले
मेरो मन दुखाएर भाँडिएर गयौ

वनेको छ....

हाम्रो माया छ र यो चौतारी वनेको छ
यहा सुख अनी दुखको दौतरी वनेको छ
यस्तो मौका अन्त कहि कतै मिल्छ र ?
जहा सुन्दर शव्दहरुको पोखरी वनेको छ

गईछन उनी

साच्चीकै डांडा काटेर गईछन उनी
पराईसग माया साटेर गईछन उनी
डांडै कटाएर लगेको जाती भाछ मलाई
मसँग योवनका तिर्खा चाटेर गईछन उनी

दशै..



आँखा भित्र आकृति नचाई गयो दशै
आशिसमा लामो आयु बनाई गयो दशै
दिल भित्र हाम्रो चाडपर्व श्रृद्धा भावमा
आपसी एकताको दियो जलाई गयो दशै
 

गजल वाटिका भाग १४ औं


नमस्कार तथा अभिवादन गजलानुरागी मित्र , गजल बाटिका को यो अंकमा तपाईं सबैका गजल समेट्ने प्रयास गरेका छौं । तर क्षमा चाहन्छौ ३ देखी ५ वटा गजल हामीले फेस्बुक पेजका लागि हटाउन वाध्य हुनु पर्‍यो । साइज ठुलो हुन गएरअप्लोड हुन नसक्दा हामीले त्यसो गर्नु परेको ब्यहोरा यहाँहरु सबैको जानकारीका लागि निबेदन गर्दछौ । \\
गजल बाटिकाका लागि नवराज *************योअंकमा******************
बाल कृष्ण भट्टराइ : स्याङजा हाल दुबइ अर्जुन पौडेल : स्याङजा हाल पोखरा राजेन्द्र श्रेष्ठ : सिमरा - कमल संघर्श : ठुलासैन, अछाम रेडियोकर्मी रेडियो रामारोशन गोबिन्द चन्द "समर्पण" : कालागाउ ,अछाम हाल टिकापुर ,कैलाली कोमल भट्ट : पुरानो नैकाप, काठमाडौं हाल न्युयोर्क,अमेरिका अपेक्षा चन्द "सरु" : महेन्द्रनगर, कंचनपुर गजलेमहफिल नेपाल का लागि "ध्रुबमणी खनाल" : बुटवल
जीवन कास्यप : बिराटनगर५, मेरङ कृष्ण "अबिरल" : गीतानगर ४ देवनगर, चितवन हन रावल "अन्मोल अस्तु" : बान्नातोली ५ ,अछाम बिष्णु भट्टराइ "पाल्पाली" : बैधा गुम्हा १, छेलुङ ,ठुलापोखरा हाल दोहा कतार न्यौपाने "कान्छा " शोभाकर : पर्वत श्चल परदेशी : नाल्५ ,काभ्रे हाल मलेशिया र प्रजित कुवर "एकल यात्री" : थुम पोखरा -८, स्याङजा

गयौ तिमी...

पानीमा तेल वनी तर्किएर गयौ तिमी
झर्ने फूलमा विष छर्किएर गयौं तिमी

तिम्रो एकै वचन मिठो कोशिली माग्दा
विझ्ने वचन छाडी झर्किएर गयौ तिमी

तिम्रो त्यो मनको तरेलीवाट हिड्दा हिड्दै
आखिर उल्टो वाटो फर्किएर गयौं तिमी

आँखा भित्रै अटाएर राख्दा पनि आखिर
नमेटिने घाउ वनाई मर्किएर गयौं तिमी 

चाहिएको छ ।


वीर नेपाली एकजुट हुने जात चाहिएको छ ।
हात मुख जोर्ने एकछाक भात चाहिएको छ ।

फेरी पनि देशले रगतको खेल नमागेको हुदा
सादासदाको लागि सहयोगि हात चाहिएको छ ।।

हत्या, हिंसा अनी आंतकको अन्त्यका लागि
वृद्धका ती शान्ती वाणीको खात चाहिएको छ ।।

शान्ती यो देशमा फेरी हिंसाको विगुल होईन
आफ्नो भाग्य लेख्ने सुर्णिम रात चाहिएको छ ।।

भष्ट्र घुसखोरी अनी ती पापी सवैलाई लखेट्न
प्रत्येक सच्चा नेपालीहरु कै लात चाहिएको छ ।।

अर्जुन पौडेल Vs फुच्ची जमुना.mpg


म (अर्जुन पौडेल) र गजलकार फुच्ची जमुना विच भएको गजल मार्फत सवाल जवाफ हेरी प्रतिक्रिया दिन नभुल्नुहोला ।
डिजाईन म आफै

म र फुच्ची जुमना विच

Recently Posted

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger