Latest Post

गजल वाटिका भाग–१३

फेसवुक पेज महाकालि गजल मञ्चका गजल सर्जकहरुको गजलहरु सुन्न नभुल्नुहोला ।


नवराज प्रकृती र विष्णु अवस्थिको साथमा
Download Here

जाली भनी..


प्रन्ध दिनमा केटा फेर्नेले जाली भनी
दुई हप्ता पछि तपाईको पाली भनी

सानी मोरी घर धराननै भनी सोध्दा
तपाई पनि बनाउनु , साली भनी

तिम्रो नाम वताउन है भन्दा मलाई
सवैले मलाई भने हुन्छ,काली भनी

भोक लाग्यो सँगै वसेर खाउन भन्दा
कम्मर समाई पल्सर हो,खाली भनी

आजभोली...


तिमि रिसाउदा माखो मर्दैन आजभोली
नवोली वस्दैमा वाल झदैन आजभोली

ओवानो चरित्र वनाउन नखोज्दा हुन्छ
विग्रेको आर्दश पटक्कै टर्दैन आजभोली

तिम्रो व्यवहार मज्जैवाट  वुझेको हुँदा
तिम्रो आनीवानी मन पर्दैन आजभोली

मनको ईच्छा मनमा लुकाउने वानीले
वैज्ञुनिका अघि खुट्टा सर्दैन आजभोली

बिना आगो..


बिना आगो अव जल्नु छैन
त्यो फरीया सँग चल्नु छैन

सारा खुशी आफै सजाई
पापी याद सम्झी गल्नु छैन

यो मनको कोठा दीप वाल्दा
जल्ने त्यो मैनमा बल्नु छैन

आफ्नै छाया  मुटु  भरी हुँदा
माया गाँसी आफै छल्नु छैन

जाली परीन...


मेरी मायालु नै जाली परीन
यही पोखरा कै काली परीन

मेरै मनमा फुले पनि आखिर
अन्य वगैचा की माली परीन

रानी सम्झेर यो दिलमै राख्दा
त्यो नजर नदिने खाली परीन

नयन भित्र त्यो आकृति नाँच्दा 
आखिर अर्कोकी साली परीन 

गजल वाटिकाको 12 औं भाग


फेसवुक पेज महाकालि गजल मञ्चका गजल सर्जकहरुको गजलहरु सुन्न नभुल्नुहोला ।


नवराज प्रकृती र विष्णु अवस्थिको साथमा

प्रितीको फूलले...



प्रितीको फूलले कोपेरै मार्यौ आखिर
मुटुलाई छेडी भुईमा झार्यौ आखिर

जुन ताराले जस्तै सपना सजाउदा
सपनानै सपना वनि टार्यौ आखिर

आँशु सँगालेर उसकै निम्ती जिउँदा
आँशुको समुन्द्र विचमा पार्यौ आखिर

मसंग जिउने मर्ने खाएका वाँचाहरु
अन्यत्र पाईला मोडेर सार्यौ आखिर

गजल वाटिकाको ११ औं भाग


गजल वाटिकाको ११ औं सहित मेरो नया व्गल लन्च गरेको छु, ।
गजल वाटिकाको ११ औं भाग सुन्न नभुल्नुहोला ।
नवराज प्रकृती र विष्णु अवस्थिको साथमा


माघमा...



जिन्दगीको अन्तिम हुदैछ भूल माघमा
दोहोरो किनाराको वन्दैछ पुल माघमा

हरियाली या उराठ भईजाला जिन्दगी
मोहनीरस चुहाउने फुल्छ फुल माघमा

खडेरीले वातावरण ठप्प पारेको वेला
सागरझै उर्लिन्छ प्रितीको मुल माघमा

दुवोको माला लगाएर टिका निधारमा
हुनेछ घरमा मान्यजनको हुल माघमा

सिक्दैछु...

कार्ड–२

भन्छ मनले..


केही भन्छन जिवन,

केही भन्छन जिवन, वगि जाने खोला हो
कोही भन्छन जिवन, पाप बोक्ने झोला हो
खोला, झोला आखिर जसले जे भने पनि
म भन्छु जीवन, नास हुने मोतीको तोला हो

मनको कथा संग्रह भाग–४

"वुझ्न नसकिने पीरती" 
आगमनको दिनमा माया जोडिए पछि आँखाबाट अनगिन्ती रुपमा आशुका दाना रसाइ रहेको थिए जुन कयौं वर्ष तडपिए पछिका प्रतिक्षाको कडि समाप्त भई नयाँ छाल अनी धारवाट अध्यायको थालनी भई सकेको थियो मायाको अनुरोध स्वीकार गरी उसले सुन्दर सफा मायाको नयनमा सजाई रहेकी थिई उसले पटक पटक आफै टोलाई भन्ने गर्थी तपाई मलाई कति माया गर्नुहुन्छ ? हतपत्त आफै उत्तर नदिऊ ठानी प्रति नै प्रश्न तेस्राउने गर्दथ्थे, जुन भावुक भन्दा पनि एक ठ्टयौली पारामा माया अजम्वरी रुपमा दिन प्रतिदिन उसको मन मुटुमा झांगिदै मनको तलाउमा पौडी खेली समुन्द्रको गहिराई सम्म पुगेको उसको नशालु नयनवाट प्रष्ट रुपमा झल्किन्थ्यो एकान्तमा वस्दा उसले देखाएको प्रतिको भावुक मायाको स्पर्शका तरंगवाट मन कतै कतै चस्छ सलवलाउछ, जुन प्रष्ट उसैको यादमा हराएको महशुस गरिरहन्थे माया हराएको महशुस हुँदा अदृश्य नजरवाट मेरो मनमा जमेको भित्री तंरगवाट नयाँ फुल उही पुरानो वासना आफै भविष्यवाणि मेरो मस्ष्तिष्कवाट नहराउने रुपमा डेरा गराई रहेको  
 मायाको संसारमा एक प्रेमीले जति माया पाउनु पर्ने थियो जुन कल्पना भन्दा धेरै हजारौं गुणा वढि उत्तिकै शसक्त अनी पवित्र थियो, जुन उसको मायामा वनावटीपन, स्वार्थी कुनै जालझेल जस्तो देखिदैन, जुन उसको प्रष्ट रसाएका आँखा मलिन स्वर अनी चेहरावाट झल्किन्छ उसको निस्वार्थीपन माया देख्दा मेरो वाहरी हाँसो जसो तसो ओठ मुस्कुराएको भान हुथ्यो आफ्नो मनलाई देखेर मज्जा सँग रिस पनि उठ्थ्यो मेरो हदृयमा उसको मायाको असली छाप पर्न सकेको छैन किन ? ओठमा वनावटी हाँसो वल गरेर मन्द मन्द रुपमा निस्कीएको , उसको मायामा मेरो मन पेट खुल्न सकेको छैन, आफै भित्र अनुउत्तरीत प्रश्नले डेरा जमाई सकेको  
 हृदयको भित्री पाटा देखि नै यस्तो लाग्छ की त्यो निस्वार्थ माया भन्दा अरु कुनै पुरुषले पाओस, सारा खुशी उसकै लागि दिलायोस, दुवै जना जुनको शितलातामा डुवी, सँगै आगो पिएर आफ्नै संसारमा रमाउनु किन उसले चाहेर पनि उसको वन्न नसकी हृदयको पाटामा हराई उसको मायाको सामुन्द्रिक छाल सँगै गहिराईवाट सारा खुशी मनमा छायोस ? उसको मायालु केवल ठट्टाको रुपमा मात्र वहन्छ, मेरो शरीरको कुनै पनि कुनामा भेटीदैन साथीहरुको हृदयकै पाटा देखि आएका कुराहरुजोडी ढकुरको वयान पुरानो भई सक्यो, चौतारी वर अनी पिपलू उहिलेका कुरा, माया पिरती यस्तो होस”...  उनी सँगै हुँदा साथीहरु विच निस्केका यस्ता अनगिन्ती प्रशंसाले उनी मन्द मन्द ओठमा हाँसो सहित आँखावाट रसाउने मायाका अनगिन्ती थोपाहरु उनका गाला सम्म आफ्नै वाटोमा वगि रहन्छन् तर मेरो मनमा अज्ञात काउकुती लागि रहन्छ, हृदयका पिडा छछल्कीएर ओठवाट मन्द मन्द हाँसो देखिदा पनि भीत्री पिडामा रोई रहेको थिए आफ्नै हितैसी मित्र सुभचिन्तकहरुवाट वारम्वार निस्कने शव्दहरु मेरो मस्तिकष्मा कहिल्यै पर्न सकेनन्  
 उसको माया समय झै आफ्नै वेगसँगै वढि रहन्छ, मिलनमा हाँसो भन्दा बढि रोदनका आँशु आँखावाट कहिल्यै नसक्नुे छाल वनि झरी रहन्छन् मेरो भित्री हृदयवाट हिम्मत छैन मेरै निम्ती वर्सिएका मोतीका दाना रोकु, उसलाई अविरल रुपमा मनको चाहना दिई भित्री हाँसो भित्र रमाउ, तैपनि माया गरि रहन्छे, रुमाली निकाली वर्सिएरका दानाले रुमाल सधै धुनु पर्दथ्यो जव जव मन देखि साच्चीकै रुने गर्छे तव तव मेरो हृदयवाटै क्रमिक रुपमा हाँसो वढ्दै जान्छ, भित्री हाँसो बढ्दै जान्छ, रुदा रुदै थाकि सकेकी हुन्छ तर हृदयको मेरो हाँसो फेरी आफै हराउदै जान्छ  
 आफ्नै विवशता विगत पलका अनुभवहरुवाट समय विती रहेको थियो उसले जति माया दिलाउने प्रयास गर्छे झन् वढि मलाई पीडावोध हुन्छ, मायामा त्याग, तपस्या पिडा अनी वेदनावाट आशु वगाई रुने गर्छे मेरै अगाडी, तव मात्र मेरो वास्तविक हृदयको हाँसो विस्तारै ओठमा छाँउछ जव रुँदा आफै थाक्छे ओठमा छाँउदै गरेको मेरो खुशी लक्षण विलाएर जान्छ  
 आफै वास्तविकतामा आगो पिएर जुनको शितलातमा छर्दा, मेरो मनमा कहिल्यै शितलताले वास गर्न सकनेछ मायाको अभावमा एक्लै महशुस भई सहाराको निम्ती आफ्ना पाईला अगाडी अगाडी वढाउन खोज्छे तर मेरो पाईला भने पछि पछी आफै धकलिन्छ मन देखि मनको तरंगले पछाडी वाटो देखाई रहेको हुन्छ देखि धेरै टाढा टाढा पुगेको हुन्छु मैले सुन्ने गरी वातावरण गञ्जयमान हुने, बनको न्याउली पनि रुदा रुदै रुन छाड्ने गरी आफ्नो कोकिल कण्डवाट गीत घन्काउछे, आफै खुशीले रमाउछे, नाच्छे जुन अनी मायाको अभावमा यस्ता क्रियाकलापवाट मनमा झ्न पीडा वेदना प्रष्ट रुपमा झल्किएका हुन्छन, आँखा रसाई मनमा छुट्टै पीडाको अनुभूतीले डेरा जमाउछन्  
जवरजस्ती हाँस्छु अनी आफै मन वहकिदै ओठको आकृती नै विग्रीई रुन्चे ओठमा रुन्चे हाँसो छाउदा मन्द मन्द भित्री हदृयवाट हाँसो मेरो ओठमा छाउछ, भन्नेले पागल भन्छन, सुन्नेले महामुर्ख ठान्लान, साथीहरुको नजरमा गिरेको मान्छे मानिएला, जुन रुपमा जस्तो सुकै वदनामीका उपनाम लिन तयार छु मेरो भित्री हृदय उसको त्यो निस्वार्थीरुपी माया, अजम्वरीमाया, चोखो माया जस्तो देखिने कहिलै सहन सक्दिन जुन हृदय नराम्रोसँग कहिल्यै नमेटिने गरी अतित वनिरहेको , जुन हृदयले मेरो जीवन नै संसार ठान्ने, मलाई देउता मानी पुरा गर्ने प्रेमीकासँगको प्रश्न खोजिरहेको , जव अन्तरआत्मा देखि लुकिएको प्रश्नको उत्तर पाउछे तव मात्र उसले लागि माया दिन परै जाहोस, सोच्नसम्म पनि सक्दीन .................
~~~
समाप्त~~~~ 

म र फुच्ची जुमना विच

Recently Posted

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger