जिन्दगीको अन्तिम
हुदैछ भूल माघमा
दोहोरो किनाराको वन्दैछ पुल
माघमा
हरियाली या उराठ
भईजाला जिन्दगी
मोहनीरस चुहाउने फुल्छ फुल
माघमा
खडेरीले वातावरण ठप्प पारेको
वेला
सागरझै उर्लिन्छ प्रितीको मुल
माघमा
दुवोको माला लगाएर
टिका निधारमा
हुनेछ घरमा मान्यजनको
हुल माघमा
Post a Comment