Home » » सवाल जवाफ

सवाल जवाफ


अहिलेको जल्दावल्दा हाँस्य कलाकार तथा मुस्तककार सुरज भिरखोईरे  जी  मेरा विचको भएको श्रृजनाको भलाकुसारी (दोहोरी)
गुलाब भै अर्कैको दिलमा फुलि निस्ठुरिले
सिउदो भरि पराइसङ्ग डुलि निस्ठुरिले
हजुर बिना एक पल बाच्दिन भन्ने गर्थी
आखिर तेइ एक रातमै भुली निस्ठुरिले

अर्जुन पौडेल (
काँडा जति तिमिलाई छोडी गए अव
मायालाई कुचि पाईला मोडी गए अव
भन्न  सवै भनियो कुनै याद भएन
तिम्रो कुकूरे मायाको वाचा तोडी गए अव//

होचाले नभेटे अग्लाले तुर्नी भन्छु
हुलमुल मा बच्न परे दुकुर्नि भन्छु
प्रेम गरि प्रेम मा धोका दिनेलाइ
अरु जे भनुन तर मत कुक्कुर्नी भन्छु 

 अर्जुन पौडेल (
माया पाउञ्जेल हृदयकी मेरी रानी मान्यौं
शरिरसँग खेल्ने आशमा सधैं औला गन्यौ
ईच्छा पुरा गर्न नसक्नले मायाको विउ छर्दा
पागलको आँखामा आखिर सवै पागलै ठान्यौं //

तपाइ बिना मर्छु भन्दै आसु झारेउ उति बेला
ललाइ फकाइ माया जाल मा पारेउ उति बेला
मलाइ पनि माया गर्नै  अौने  हैन नि हो
तर तिमि सधै बिहे पछि भनि टारेउ उति बेला

 अर्जुन पौडेल (
पागल प्रेमीको अनुरोधमा मिठो वोली दिए मैले के विराए
माया जस्तो लाग्दा मनपेट खोली दिए मैले के विराए
झुठ्ठा आश्वसनको खेती जस्तो लाग्दो तिम्रो चरित्र ठानी
योवनका तिर्खा मेट्न खोज्दा घोली दिए मैले के विराए//

माया गर्छन् सबैझुटो पनि सच्चा भको कस्लाइ थाहा छर?
जति जति पक्का भन्छन त्यति कच्चा भको कस्लाइ थाहा छर?
खालि सिउदो देखायेर कुमारि भन्दै हिन्छेउ तिमि
सट्या सुटु भित्र भित्रै बच्चा भको कसलाइ थाहा छर ?

 अर्जुन पौडेल (
तिम्रो ईच्छा अखिर एउटै मेरो चाहनासँगै रातमा
माया पिरती खेल होजित्नेहार्ने आफ्नै हातमा
समय नेटो काट्दा तिमी उही पुरानै संस्कारमा
तीन महिना हुँदा मिल्काई दिए फोहोरको खातमा//


साँढे तीन फुट हाइट पुग्यो ? एक पटक नाप सानु
जतिले माया गर्छु भनेनी मायाको गाग्रो थापा सानु
तिम्रो बेलै येस्तै थियो किन नमिल्काउन फोहोर को खातमा !
सत्र बर्सको उमेर मै किन बोकेउ तनि दुनियाको पाप् सानु

अर्जुन पौडेल (
जति हाईट भएपनि शरीर आखिर दुई टायरले वल्छ
जति माया थापे पनि योवनका तिर्खा आफै जल्छ
दोष सधै  लिन्छु हजुरतपाईको सधै जय जयकार
उमेरले यौवनलाई छेक्दैन रुप हुनेको चोला यसैगरी चल्छ 

~~समाप्त~~~

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger