शिशिरको पतझडला पनि वसन्तको पालुवा झै देख्दै होला तर यहा भने पूर्णीमाको रातमापनि औंशीकै निसिमा छाउने गर्छ, लाटेकोसेराको उदासीसँग मितेरी लगाउदै प्रत्येक रातविरहले रुने गरेको छ । गुनासो त केही थिएन, धोका दिनु नै थियो भने मलाई छोडेरअर्कोलाई अगाल्नु थियो भने शितको थोपा झै विगाएर जानु थियो भने किन लायौं मसग तिमिले माया ? किन गर्यौ मसँग वाचा वन्धन मेरो मन यही नेर दुखेको छभास्किएको छ ।
साच्चै हाँसो र खुशीले कहिल्यै साथ दिन चाहेन मलाई........ हिजो आज तिमिनहुँदा आशु नै त साथी छ मेरो यो शुन्य वस्तीमा....... फरक यति छ पहिलापहिला तिमिलाई देख्दा, तिमिलाई माया गर्न पाउदा रमाएर रुने गर्थे...... आजभोलीतिम्रो सम्झनामा तडपिएर रुने गर्छु । यो शुन्य वस्तीमा तिम्रो आगमनको प्रतिक्षा गर्दागर्दै अधिर भएर रुने गरेको छु । यस्तो कल्पनामा तिम्रो वियोगलाई भुल्ने पर्यत्न गरेकोछु....... भुल्ने पर्यत्न गरेको छु ।
मेरो कोमल, आकाश झै निश्चिल मनको अर्थ नै नवुझी तिमिले हाम्रो मायालाई चटक्कैमाया मारेर, निर्दयतापूर्वक तिरस्कारको भारी बोकाएर निष्ठुरी बनी पवित्र र कञ्चनरुपीमायाको उपहास गरिदियौं । त्यो अन्तिम निर्णयले मेरो मन नराम्रोसग छटपटाएको छ ।वर्षाको वाढिले वगाएको पाखो झै भएको छ । मेरो मायालाई भुलेर, हाम्रा ति रमाईलापलहरुलाई चटक्कै विर्सीएर किन त्यसरी धोकाको चोटिलो अस्त्र प्रहार गयौं के जवाफ छतिमिसग ?
Post a Comment