
थाहा छ मलाई पनि नजिकको माया छाडा र टाढाको माया गाढा.... अनी भन्दै छु म टाढा भएकोपनि तिम्रै खुशीकोनिम्ती त हो नी किन पिर गरेको त्यसरी........ दुई चार रुपैया कमाउछु अनीघरजम गरौला, यो समाजमा ठाडो शिरउठाएर सगसगै मेलापात गरौंला नी के गर्नु त देशकोपरिस्थितीले गर्दा द्धन्द्धकालमा राम्रो सग पढ्न पाईएन त्यो कुरात तिमिलाई पनि थाहा छन नीलाटी..... परिस्थितीले गर्दा नै टाढा वनायो, टाढा भएपनि तिम्रो माया त मनभरी नै छनी...... तिमिजता म जता भए पनि मुटुमा माया छ नी लाटी.... ति तिम्रा मोतीका दाना जस्ता आसुका टुक्रालेपरेलीनभिजाउ लाटी.... फुलेको फुल तिमि पापी भमराले नजर लाग्ला, समाजले औला उठाउलायस्तै छ संसार कुरावुझ........ चिन्ता नगर चाडै मन भरीको माया लिएर तिम्रो सामु आउनु छु वासअहिलेलाई यती मात्र म तिमिलाई धेरैमाया गर्छु....... तिमिलाई धेरै मिस गरी राछु.... लाटी वसमिस गरी राछु लाटी
---------------------------------------------
♥मेरो हजुर ♥♥

फर्की आउनुहोस विरानो नसम्झ, हजुरलाई तपाईकी लाटीको कसम छ... के गर्नु खालीपरिस्थितीलाई दोष मात्र दिएर कहा हुन्छ र मेरो हजुर ? जे पुग्छ त्यही खाउला सँगसँगै मेलापात गरौला दुख सुख सँगै जे हुन्छ त्यस्तै खाउला त्यती भए हुन्न र हजुर ?मलाई धनै दिएर मात्र खुशी हुन्छ र म ? तपाईको मायाको मुल्य चुकाएर, रुन मनलाग्छ मुहार लुकाएर मेरो हजुर..... म रोए पनि मेरो हजुर हाँसे पुग्छ, परेलीमाहाम्रो माया साँचे पुग्छ.... तपाईकै फोटो सधै सिरानी मुनी राखि रुएकै रुएयै छु धोकोमेटाउन .. के गर्नु हजुर परिस्थिती टाढा वनाए पनि तपाई मेरै नजर वरीपरी घुमि रहनुभएको छ.... कहिले काही मलाई यस्तो लाग्छ विदेशी रमझममा भुली गाउँकी लाटीलाईविस्रेर कतै.. ? आसु पुत्छु रुन्न भन्छु फेरी आसु झर्छ अनी तपाईलाई नै सम्झन्छु...यस्तै त हो मानिसको चोला भन्दै मन वुझाउछु तर पनि पापी मन वुझ्दैन...विझाउछ फुलले पनि मेरो नहुदा, निको हुन्थ्यो होला दुखाईमा ती हातले छुँदा.....छिमेकीहरु हाँसे जस्तो लाग्छ मलाई देखेर, मुटुमै घाउ छ मै दुखीलाई जिस्काए झैलाग्छ मेरो हजुर... सिरानी मुनी हजुरको तस्वीर, मुटु भरी तपाई कै माया .. जहिलेपनि भन्नु हुन्छ नअत्ति वस लाटी । तपाईकी लाटीलाई देख्न मन लाको छैन र ? कतिघाम सस्ताए कंयौ पटक जुन पनि उदाए अझै पनि फुर्सद भाको छैन र मेरो हजुर ?
Post a Comment