अव उत्ताउलो प्रवृत्ति छाएरै
तीज मनाईन्छ
डिस्कोमा वियरसँग दर खाएरै
तीज मनाईन्छ
सधैभरी चुलाचौका कति गरौं
हजुर मेलापात
भैसी वेचीवेची ज्वलर्स धाएरै
तीज मनाईन्छ
पवित्र जन्मथलो माईती गाउँ
आँगन भुलीकन
पार्टी प्यालेस जताततै आएरै
तीज मनाईन्छ
ईज्जत ढाक्ने पहिरन गुन्यू
चौबन्दी फाली
नाईटो देखाउने साडी लाएरै
तिज मनाईन्छ
आफ्नै संस्कृती अनी रितीरिवाज
सबै भुली
पुरुषका रत्यौली भाखा गाएरै
तीज मनाईन्छ
Post a Comment