Home » » देख्न सक्छु र ?

देख्न सक्छु र ?


तिम्रो आँखावाट आशुनै झरेको देख्न सक्छु ?
परेलीमा साँचेको माया मरेको देख्न सक्छु ?

आँखा भित्र अनी मुटुमाझ तिमि मात्रै छाउदा
एक्लै छाडेर स्वर्गतर्फ तरेको देख्न सक्छु ?

मेरा पीरव्यथा थाती राखी तिम्रो विदाई पछि
आत्मानै रुवाई लगन गरेको देख्न सक्छु ?

जुनेलीको रात साक्षी राखी बुनेका ती सपना
जीवन्त नवनाई त्यसै टरेको देख्न सक्छु ?
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. अर्जुन दृष्टि... - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger