सधै आँखा
तारी रिसाउन हुन्न सानु
सवै सामु विन्ती
बिसाउन हुन्न सानु
तिम्रा लागि पागल
बन्ने धेरै भेटिदा
तिनी सँग हाँसो
मिसाउन हुन्न सानु
पवित्र जिन्दगी नै तिम्रै
लागि सुम्पिदा
हाम्रो नाता व्यर्थै
चिसाउन हुन्न सानु
तिमिलाई मन्दिर मानी पुजा
पाठ गर्दा
घाँस सम्झी फूल पिसाउन
हुन्न सानु
Post a Comment